२० बैशाख २०८१, बिहिबार

नेप्सेमा झिनो वृद्धि, १४ अर्बको कारोबार

प्रकाशित मिति :  8 August, 2021 4:34 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको पहिलो कारोबार दिन आइतबार झिनो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ०.६६ अंकले बढेर ३ हजार १०८.१२ अंकमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले बढेर ५७८.०९ अंकमा पुगेको छ ।

आज १३ ओटा उपसमूहमध्ये ६ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका ७ वटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमको आधारमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ८१ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

नेप्सेमा आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयरमूल्य सर्किट लाग्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सलव पावर कम्पनी र जीवन विकास लघुवित्त रहेका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज कूल २२७ वटा कम्पनीको २ करोड ७९ लाख ९६ हजार ३१३ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !