२० बैशाख २०८१, बिहिबार

नेप्से १.५४ अंकले वृद्धि, १४ अर्बको कारोबार

प्रकाशित मिति :  9 August, 2021 3:39 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पनि झिनो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक १।५४ अंकले बढेर ३ हजार १०९.५२ अंकमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने २.०४ अंकले घटेर ५७५.९५ अंकमा पुगेको छ ।

आज १३ ओटा उपसमूहमध्ये ५ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका ८ वटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याल्ली हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ६७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

आज कूल २२४ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !