२४ बैशाख २०८१, सोमबार

ग्लोबल आइएमई बैंक द्वारा पुरानो लाभाशं लिन अनुरोध

प्रकाशित मिति :  11 August, 2021 3:11 pm


काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभाशं लिन अनुरोध गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित २०७०/७१ सम्मको नगद लाभांश कतिपय सेयरधनीले ५ वर्षसम्म पनि लिन नआएकाले पुरानो लाभांश बुझिलिन अनुरोध गरेको हो ।

कम्पनीले उक्त लाभांश एक महीनाभित्र सेयर रजिष्ट्रार ग्लोब आइएमई क्यापिटल, नक्साल काठमाडौंमा सम्पर्क गरी लिन भनेको छ ।

कम्पनीले उक्त लाभाशं समय (एक महिना) सम्म पनि लिन नआएमा लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !