२० बैशाख २०८१, बिहिबार

नेप्से झिनो अंकले बढ्दा कारोबार रकममा समेत गिरावट

प्रकाशित मिति :  11 August, 2021 3:58 pm


काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३ हजार ११६ अंकमा पुगेको छ । आज नेप्से परिसूचक ०.९४ अंकले बढेर ३ हजार १६२.५९ अंकमा पुगेर रोकिएको छ भने सेन्सेटिभ परिसूचक भने २.३८ अंकले घटेर ५८५.७१ अंकमा राकिएको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमूहमा ५ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका सबै उपसमूहको परिसूचक घटेको छ । कारोबार रकमको आधारमा आज अप्पर तामाकोशीले सर्वाधिक हिस्सा आोगटेको छ ।

यो कम्पनीको ६८ करोड ३० लाख ७१ हजार ७०१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ ओटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा कारोबार भएका छन् ।

कूल २३० वटा कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ ७५४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !