२० बैशाख २०८१, बिहिबार

कुमारी बैंकको खुद मुनाफा ७२ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  12 August, 2021 1:47 pm


काठमाडौं । कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७७ /७८मा ७२ प्रतिशत खुद मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष खुद मुनाफा ७२ प्रतिशतले वृद्धि गरेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २३ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४५.५६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको वितरणयोग्य मुनाफा ५३.४९ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बैंकले १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ६९.१६ प्रतिशतले बढेर २ अर्ब ८५ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ६८ करोड ६० लाख रूपैयाँमा सिमित थिया ।

त्यस्तै, बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ११ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसाले बढेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा पुगेको छ बैंकको पीई रेसियो २५.७२ गुणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !