२० बैशाख २०८१, बिहिबार

दोहोरो अंकले बढ्यो नेप्से, १७ अर्ब ५१ करोडको कारोबार

प्रकाशित मिति :  12 August, 2021 4:22 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको अन्तिम कारोबार दिन बिहीवार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक १६.३२ अंकले बढेर ३ हजार १७९ अंकमा पुगेर रोकिएको छ । सेन्सेटिभ इ्रन्डेक्स पनि ५.४६ अंकले बढेर ५९१.१६ अंकमा रोकिएको छ ।

आज १३ ओटा उपसमूहमध्ये ७ ओटा उपसमूहको परिसूचक बढेको छ भने ६ ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आज ६२ करोड ७९ लाख ९७ हजार ८०० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयरमूल्य उच्च बृद्धि हुने कम्पनीहरुमा महालक्ष्मी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, रुरु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

कूल २२५ ओटा कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !