२२ मंसिर २०८२, सोमबार

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति विरुद्व सर्वोच्च अदालतमा रिट

प्रकाशित मिति :  16 August, 2021 4:42 pm


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

घिसिङको नियुक्ति गैरकानुनी भएको भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गरेका छन् । शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएका छन् ।

घिसिङलाई साउन २५ गतेको मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो भने २७ गते नियुक्तिपत्र बुझेर सोही दिन पदबहाली गरेका थिए । सरकारले शाक्यलाई विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।

उनले सम्मानजनक ठाउँ पाए कार्यकारी निर्देशक छोड्न तयार भएको बताएका थिए । तर जल तथा उर्जा आयोगमा पठाउँदा शाक्यले चित्त नबुझाएर अदालत गएका हुन् ।



प्रतिक्रिया दिनुहोस !