५ जेष्ठ २०८१, शनिबार

हाइड्रोपावरमा उछाल, ११ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

प्रकाशित मिति :  17 August, 2021 3:41 pm


काठमाडौं । नेपाल सेयरबजारमा सामान्य वृद्धि भए पनि हाइड्रोपावरमा उछाल आउँदा लगानीकर्ताको ध्यान त्यतै मोडिएको छ ।  मंगलबार ११ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

जसमध्ये अधिकांश हाइड्रोपावरहरू छन् । आँखुखोला जलविद्युत, माउन्टेन इनर्जी, अरूण काबेली पावर, सिईडिबी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर र रूरू जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

केही दिनदेखि यता हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । सर्वाधिक कारोबार हुने अनि सर्वाधिक नाफा कमाउने पनि अधिकांश हाइड्रोहरू छन् ।



प्रतिक्रिया दिनुहोस !