३ जेष्ठ २०८१, बिहिबार

भारतीयलाई नेपाली नागरिक बनाउन खोज्ने चार जना पक्राउ

प्रकाशित मिति :  8 February, 2020 9:18 am


काठमाडौं । भारतीय बाबुबाट जन्मिएकी महिलालाई नेपाली नागरिक बनाउन खोज्ने चार जना पक्राउ परेका छन् । फर्जी कागजातका आधारमा नागरिकता बनाउन खोज्ने काठमाडौँको टोखा नगरपालिका–३ का रेशमलाल गुरुङ, कल्पना गुरुङ, उर्मिला गुरुङ र मधुविलास अधिकारी पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको हाताभित्रबाटै पक्राउ गरिएको हो ।  भारतीय नागरिकसँग बिबाह गरेकी कल्पना गुरुङले तिनै भारतीय नागरिकबाट दार्जलिङमा जन्भिएकी आफ्नी छोरी उर्मिलाको नेपाली नागरिकता बनाउन खोज्दा उनीहरु पक्राउ परेकी हुन् ।

जिल्ला प्रशसन कार्यालय काठमाडौँका सहायक सीडीओ जीवनप्रसाद आचार्यले नक्कली कागजात लिएर नागरिकता बनाउन आएका ४ जनालाई पक्राउ गरिएको जानकारी दिए । आचार्यका अनुसार उर्मिला आफ्नी आमाका दोस्रो पति रेशमलाल गुरुङसँग नागरिकता बनाउन आएकी थिइन् । राजधानी दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस !