१५ बैशाख २०८१, शनिबार

गोरखापत्रले ४१ राष्ट्र भाषामा डिटिजल सामग्री प्रकाशन गर्ने

प्रकाशित मिति :  25 February, 2024 8:05 am


काठमाडौँ। गोरखापत्र अनलाइनले ४१ वटा राष्ट्रभाषाका सामग्रीहरु प्रकाशन तथा प्रशरण गर्ने भएको छ । शनिवार काठमाडौंमा गोरखापत्र संस्थानले मनाएको दोस्रो गोरखापत्र डिजिटल डेको अवसरमा यसबारेमा जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले प्रविधिको विकाससँगै समयानकुल बनेर पत्रपत्रिकाहरु पनि परिवर्तन गर्नुपर्ने चुनौति पूरा गर्नका लागि गोरखापत्र डिजिटल युगमा प्रवेश गर्ने अभियान शुरु गरेको बताए।

उनले गोरखापत्रलाई स्मार्ट गोरखापत्रमा परिणत गर्दै लगिएको पनि दाबी गर्दै गोरखापत्रलाई प्रविधिसँगै समयानकुल बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए।

कार्यक्रममा बोल्दै गोरखापत्र अनलाइनका संयोजक नारद गौतमले अनलाइन प्रणालीमा रहेका सामग्रीहरुको संकलन अनलाइनमाध्यममै सुरक्षित राख्नेगरी संरचना निर्माण गर्न आवश्यक रहेको बताए।

गौतमले अनलाइनलाई डाटा राख्ने गरी प्रविधिमा रुपान्तरण गर्न लागेको जानकारी गराए। उनले गोरखापत्र अनलाइनलाई गोरखापत्र अंग्रेजी, ४१ वटा राष्ट्रभाषा र नेपाली भाषाको एउटा एग्रिकेटेड अनलाइनको रुपमा अघि बढाइएको बताए।

गौतमले भने, “अबको मार्गचित्र हाम्रो सर्भरलाई डिस्ट्रिबिटेट आर्किटेक्चरमा लैजाँदैछौँ । ४१ राष्ट्रभाषाको सामग्रीहरु प्रकाशन गर्न गइरहेका छौँ । गोरखापत्र अंग्रेजी, ४१ वटा राष्ट्रभाषा र नेपाली भाषाको एउटा एग्रिगेटेड अनलाइनको रुपमा अघि बढ्छ ।”

उनले आगामी दिनमा गोरखापत्र अनलाइन अझ सशक्त बनेर नागरिकका आवाज बुलन्द गर्नेतर्फ अग्रसर हुने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !