३ आश्विन २०८३, शनिबार

कर्णाली प्रदेशमा यसरी मनाइयो संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ (फोटो फिचर)

प्रकाशित मिति :  19 September, 2026 12:38 pm


सुर्खेत ।

नेपालको मूल कानुन संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा कर्णाली प्रदेशमा विभिन्न कार्यक्रमसहित संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ।

ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको जगमा २०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी गरेका थिए।

संविधान जारी भएको दिनलाई स्मरण गर्दै कर्णाली प्रदेशका विभिन्न स्थानमा राष्ट्रिय झण्डा फहराउने, प्रभातफेरी तथा विविध कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।

२०७२ असोज ३ गते जनताका प्रतिनिधिले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, समाजवाद उन्मुख तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा घोषणा गरेका थिए।

तस्बिर : नेपाल फोटो सर्भिस



प्रतिक्रिया दिनुहोस !