१७ बैशाख २०८१, सोमबार

व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरे, सरकार बेखबर

प्रकाशित मिति :  9 February, 2020 8:59 am


काठमाडौं । पछिल्लो २५ दिनमा चामल, खाने तेल, पिठो, आँटा, दाल, लसुन, अण्डा, मासुको मूल्य न्यूनतम दुई रुपैयाँदेखि चार सय ७० रुपैयाँसम्म बढेको छ । फलामे रडमा प्रतिकिलो ८ आठ रुपैयाँ र सिमेन्ट प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढेको अन्नपूर्ण पोष्टमा खबर छ ।

सरकारले कुन तहमा कति नाफा लिने विषयमा संरचना निर्धारण नगरेका कारण व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका हुन् ।

‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरे पनि सर्वसाधारण उपभोक्ताले भने राहत अनुभव गर्न पाएनन्,’ उपभोक्तावादी प्रेमलाल महर्जनले भने, ‘बजारलाई नियन्त्रण गर्न नसक्ने हो भने विभाग चाहिँदैन ।’ महर्जनले शुक्रबार मात्रै अनुचित व्यापारिक क्रियाकलाप गरी कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्य अवस्था बुझ्न अनुगमन टोली परिचालन गरेका छौं । टोलीले दिने सुझावका आधारमा कार्टेलिङ र कालोबजारी गर्ने व्यवसायी र उद्योगीलाई कारबाहीको दायरामा ल्याउँछौं ।’



प्रतिक्रिया दिनुहोस !