२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा देशभर २५२५ जना कोरोना संक्रमित थपिए ३५ जनाको मृत्यु

प्रकाशित मिति :  24 August, 2021 5:35 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५२५ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर १४ हजार ८ सय १० जनामा कोरोना परीक्षण भएकोमा २ हजार ५ सय २५ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कुल १० हजार ५ सय ६८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !