२० बैशाख २०८१, बिहिबार

कारोबारको दोस्रो दिन पनि नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

प्रकाशित मिति :  25 August, 2021 4:23 pm


काठमाडौं । साताको कारोबारको अघिल्लो दिन मंगलबार ५६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कमपनीको सूचक सेन्सेटिभ परिसूचक पनि ९.७६ अंकले घटेर ६७ं९९ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा पुगेको छ । नेप्से १.५५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.७६ अंकले घटेर ५६७.९९ विन्दुमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंकको सूचक घटेको छ ।

आज पनि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरममूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर ४ हजार ७ सय २६ रूपैयाँ ३० पैसा पुगेको छ ।

आज कारोबारका आधारमा अरुण काबेली पावर कम्पनी सार्वधिक अग्रस्थानमा रहेको छ । कम्पनीकोे ४८ करोड ७१ लाख ५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

कूल २२७ वटा कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५ सय रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !