२२ मंसिर २०८२, सोमबार

देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना,सतर्क रहन आग्रह

प्रकाशित मिति :  27 August, 2021 9:05 am


काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा आज धेरै भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन फेरि सक्रिय भएसँगै प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर वर्षा हुनेछ । शनिबार धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी र बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !