२६ बैशाख २०८१, बुधबार

जापानकाे माफिया समूह ‘याकुचा’ प्रमुखलाई मृत्युदण्डको सजाय

प्रकाशित मिति :  27 August, 2021 12:29 pm


काठमाडौं । जापानको कुख्यात माफिया समूह‘ याकुचा’ का ७४ वर्षीय बोस सातोरु नोमुरालाई फुकुओका जिल्ला अदालतले मृत्युदण्डको सजाज सुनाएको छ ।

हत्या गरेको र हत्याको आदेश दिने अभियोगमा याकुचा प्रमुख नोमुरालाई बुधबार मृत्युदण्डको फैसला सुनाइएको जापानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

न्यायाधीश बेन अदाचीले नोमुरालाई याकुचाको प्रमुख हुने स्वीकार गर्न सकिने खालका आधारहरू रहेको बताउँदै सो फैसला सुनाएका थिए ।

नोमुरा पछिका दोस्रो नम्बरका याकुचाका सहप्रमुख ६५ वर्षीय फुमिओ तानोउएलाई हत्या प्रयासलगायतको मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको छ।

उनीहरूलाई चार वारदातमा दोषी ठहर गरिएको छ । १९९८ मा माछा पालन सहकारीका प्रमुखको हत्या, २०१२ मा फुकुओकाका प्रहरी निरीक्षकको हत्या, २०१३ मा नर्समाथिको आक्रमण र २०१४ काे डेन्टिस्ट माथिको आक्रमण अभियोगमा दोषी ठहर गरिएको हो ।

जापानमा अपराध गर्ने समूहका प्रमुख भइरहेका बेला मृत्यु दण्ड दिइएको यो पहिलो फैसला भएको विश्वास गरिएको छ ।

न्यायाधीशले फैसला पढिरहेका बेला सापेक्षिकरूपमा शान्त भएका याकुचाका बोस नोमुराले फैसला पढ्न सकिने बित्तिकै कराउँदै भने “ फैसला पछि बाँकी जीवन पछुताउनु पर्ला ”
याकुचा समूह जापानमा अपराध गर्ने क्रुर समूहको रूपमा परिचय बनाएको हो ।

सन् २००३ मा यो ग्याङले ग्रेनेड बम किताक्युसु शहरमा विस्फोटन गराउँदा ११ जना गम्भीर घाइते भएका थिए ।

लुटपाट, गोलीहानाहान गर्ने यो समूहले ओबायाशीमा निर्माण कम्पनीका कामदारलाई २००८ मा र शिमिजुमा २०११ गोली हानी मारेको थियो ।

सेप्टेम्बर २०१४ मा नोमुरालाई प्रहरीले पक्राउ गर्न सफलता पाएको थियो ।

स्राेत



प्रतिक्रिया दिनुहोस !