२२ मंसिर २०८२, सोमबार

नवलपरासी पूर्वमा पहिरोले घर पुर्दा ३ जना बेपत्ता

प्रकाशित मिति :  27 August, 2021 12:35 pm


नवलपरासी पूर्व । नवलपरासी पूर्वमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।

नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका – ४ माथिल्लो चार घरेमा अवरिल वर्षापछि आएको पहिरोले स्थानीय हस्त बहादुर पुलामीको घर पुर्दा ४ जना बेपत्ता भएका हुन् ।

हस्तबहादुरलाई स्थानीयले उद्दार गरेर स्थानीय हुप्सेकोट माध्यमिक बिद्यालय रुम्चीमा राखेका छन् भने उनका श्रीमती धन माया पुलामी र २ जना नातिनीहरू भुमिसरा पुलामी र देउमाया पुलामी पहिरोले पुरी बेपत्ता भएका हुन् ।

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !