लुम्बिनी प्रदेशका विभिन्न ठाउँका मुख्य सडक अवरुद्व
रुपन्देही । हिजोदेखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँका मुख्य सडकहरु अवरुद्व भएका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देही देवदह नगरपालिका – ९ स्थित घोडाहा खोलामा पुल भासिँदा (पूर्व–पश्चिम) राजमार्ग सडक खण्डमा अवरुद्ध भएको छ ।
यस्तै नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिकामा लण्डनबृज स्थित पूर्वपश्चिम राजमार्ग सडक खण्ड, बासा, भुताहा र सुनवल नगरपालिका – १२ बडेरामा रहेको ड्राईभर्सन बगाएपछि बाटो पूर्ण रुपमा बन्द भएको छ ।
अर्घाखाँची सितगंगा नगरपालिका – १२ बसेरीमा गोरुसिंगे–सन्धिखर्क सडक खण्ड, पाल्पा रम्भा गाउँपालिका – ३ सितापहाड स्थित सिद्धार्थ राजमार्ग सडक खण्ड, बर्दिया बासगढी नगरपालिका –१ बबई स्थित कोहलपुर–सुर्खेत रत्नराजमार्ग सडक खण्ड, गुल्मी रुरु गाउँपालिका – २ पोखरी बगर स्थित रिडी–रुद्रबेनी सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।








