देशभर भारी वर्षाको सम्भावना,सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका सबै प्रदेशका थोरै– थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले पहाडी भू–भागमा भू–क्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन भनेको छ ।
दिउँसो देशको अधिकांस भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी÷धेरै भारी र बाकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








