देशको धेरै स्थानहरूमा वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशको धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले जनाएको छ ।
पहाडी भू-भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
दिउँसो देशको अधिकांस भू(भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।








