पाल्पामा घर भत्किदा एक बालिकाको मृत्यु
प्रकाशित मिति : 29 August, 2021 11:16 am
पाल्पा । पाल्पाको तानसेन नगरपालिका-५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ ।
शनिबार राती झण्डै साढे २ बजे आफ्नै कच्ची घरमा सुतिरहेको बेला घर भत्किदा १० वर्षीय नैना दर्जीको मृत्यु भएको हो । घरले पुरीएकी दर्जी घाइते भएकी थिइन् ।
घाइते दर्जीलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल प र्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।








