२२ मंसिर २०८२, सोमबार

बुटवल उपमहानगरपालिकाको ज्योतीनगरमा पहिरो झर्दा केही घरमा क्षति

प्रकाशित मिति :  29 August, 2021 11:37 am


रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगरमा पहिरो झर्दा घरहरुमा क्षति पुराएको छ ।

आज बिहान ६ बजेतिर झरेको पहिरोले एक दर्जन घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ४ घरमा पहिरो पसेको छ भने अन्य घरमा सामान्य क्षति पुराएको छ ।

बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ ।

यही भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउदै आएका थिए । मानवीय क्षति भने भएको नभएको इलाका प्रहरी कार्यालय बुटवलको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !