२२ मंसिर २०८२, सोमबार

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु,एक जना गम्भीर घाइते

प्रकाशित मिति :  2 September, 2021 8:19 am


दाङ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति ११ बजेतिर बगाएको हो । बाढीले कार बगाउँदा ४ महिलाको मृत्यु भएको र चालक गम्भीर घाइते भएका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा केसी र ४३ वर्षीया बिमला केसीको मृत्यु भएको छ ।

चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !