६ पुस २०८२, आइतबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले भने : प्रदेशका सबै बासिन्दालाई छिटो खोप लगाइने छ

प्रकाशित मिति :  2 September, 2021 8:46 am


फाइल फोटो

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशभित्रका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने बताएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा पुगेका मुख्यमन्त्री केसीले सरकारको पहिलो बैठकले खोपको निर्णय गरेको जानकारी दिँदै नागरिकप्रति उत्तरदायी रहेको उल्लेख गरे ।

कोरोनाको दोस्रो लहरमा लुम्बिनी प्रदेशपनि धेरै चपेटामा परेको थियो । बाँके,दाङ, रुपन्देही जिल्ला सबैभन्दा कोरोनाको दोस्रो लहरको चपेटामा परेका थिए । अहिलेपनि लुम्बिनीका कतिपय जिल्लामा निषेधाज्ञा पूर्ण रुपमा हटिसकेको छैन ।

सरकारले खोपलाई प्राथमिकता दिइरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले प्रदेशवासी सबैलाई सकेसम्म छिटो खोपको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !