२२ मंसिर २०८२, सोमबार

कास्कीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

प्रकाशित मिति :  2 September, 2021 11:35 am


कास्की । कास्कीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ भने एक बालक वेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृत्यु भएको हो ।

श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् ।

यसैगरी पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !