चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा
प्रकाशित मिति : 2 September, 2021 2:06 pm
चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापा मारेको छ ।
अनियमिताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट गएको टोलीले छापा हानेको हो । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेको थियो ।
टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको लगायतका विषयमा उजुरी परेको अख्तियार स्रोतको भनाई छ ।
अख्तियारको टोलीले आवश्यक कागजात नियन्त्रणमा लिइरहेको टोलीमा सहभागि एक सदस्यले जानकारी दिए ।








