६ पुस २०८२, आइतबार

लामो कसरतपछि गगन थापा खुले पौडेल पक्षमा

प्रकाशित मिति :  2 September, 2021 5:22 pm


काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् ।

केही दिन अघि मात्रै महामन्त्रीको उमेद्वारी घोषणा गरेका थापा आज पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चमा देखिएका हुन् ।

थापा १३ औं महाधिवेशनमा तेस्रो धार अर्थात कृष्णप्रसाद सिटौलासँग थिए । यसपटक भने थापाले सुरुदेखि नै पौडेल र कोइराला परिवारसँग समन्वय गरिरहेका थिए । यद्यपी उनको प्रयास कतै सहमतिमै जान सकिन्छ कि भन्ने प्रयासपनि थियो । तर उमेद्वारी घोषणासँगै थापा पौडेल समूहको पत्रकार सम्मेलनमा देखिएका हुन् ।

पौडेल निकट स्रोतले भन्यो,“गगन जी पहिले नै प्रष्ट हुनुहुन्थ्यो,कतिपयलाई मौन जस्तो लागेको मात्रै हो, पौडेल र कोईराला पक्षसँग समन्वयमै हुनुहुन्थ्यो ।” पौडेलले महामन्त्रीमा सहयोग गर्ने आश्वासन दिएपछि थापा खुलेको हुन सक्ने स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !