१४ बैशाख २०८१, शुक्रबार

रोल्पा सातदोबाटोको भ्यू टावर बन्दा अनियमतिता,नगरपालिकाको खाना खर्च रु. २० लाख भन्दा बढी

औषधि खरिदमा मनपर्दी
प्रकाशित मिति :  3 September, 2021 12:49 pm


काठमाडौं । रोल्पा सातदोबाटोमा रहेको भ्यू टावर निर्माणमा अनियमिता भएको खुलेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन–२०७८ अनुसार सजिलै अनुमान गर्न सकिने विषयमा पनि भेरियसन गरेर रोल्पा नगरपालिकाले अनियमिता गरेको देखिएको हो ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार लागत अनुमान तयार गर्दा पूर्वानुमान गर्न नसकिने कामका लागि प्राविधिक पुष्टाइसहित भेरियसन गर्न सकिने व्यवस्था छ । तर, पालिकाबाट १,४५९ घनमिटर जग खन्ने कार्यका लागि निर्माण व्यवसायीबाट कबुल गरेको ४२९।८ का दरले ६ लाख ६३ हजार ९ सय ५८ रुपैयाँ भेरियसन गरिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा जग खन्ने जस्तो सजिलै पूर्वानुमान हुन सक्ने कार्यका लागि भेरियसन गरेर अनियमित गरिएको उल्लेख छ । निर्माण कार्यको ‘प्रोभिजनल आइटम अफ क्वान्टिटी’को क्रंसं २ बाट निर्माण सामाग्री गुणस्तर परीक्षणका लागि रु, ५१ हजार ३ सय ६६ रुपैयाँ भुक्तानी भएकोमा विल पेश गर्नुपर्ने ६ लाख ६३ हजार,९ सय ५८ रहेको उल्लेख छ ।

त्यस्तै भेरियसन सम्झौता अनुसार १,४५९ घनमिटर माटो खन्ने कार्यको दर प्रति घनमिटर ४२९ । ८ भएकोमा रु.४५०का दरले भुक्तानी भएको असुल गर्नुपर्ने ५१,३६६ रुपैयाँ रहेको महालेखाले औंलाएको छ ।

यस्तै निर्माण कार्यको प्रथम बिलबाट विमावपत मुल्य अभिवृद्धी करसमेत ७ लाख १५ हजार २ सय ९९ भुक्तानी भएको तर श्रेष्तासाथ संलग्न बिल अनुसार निर्माण व्यवसायीबाट मुल्यअभिवृद्धी कर समेत ५ लाख ८२ हजार ९ सय ९३ रुपैयाँको मात्रै बिल पेश भएको उल्लेख छ ।

महालेखाले विलभन्दा बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने १ लाख ३२ हजार ३ सय ६ रुपैयाँ रहेको भनेको छ । भ्यू टावरको ठेक्का चक्रेश्वरी ब्राइट कुवर जेभिसँग सम्झौता भएको थियो ।

२०७६ असार १६ गते भएको सम्झौता अनुसार २०७८ असार २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । मुल्यअभिवृद्धी करसमेत गरेर भ्यू टावरको लगान ५ करोड ३१ लाख ४४ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।

माडीचौर रंगशाला निर्माणमा पनि समस्या

महालेखाले माडिचौर रंगशाला निर्माणमा पनि अनियमिता भएको महालेखा परीक्षकको प्रतिवेदनमा औल्याइएको छ । महालेखाले फलामे डण्डी खरिदमा बढी भुक्तानी गरिएको भनेको छ । पालिकाबाट फलामे डण्डी सम्बन्धी कार्यका लागि नापजाँचपछिको परिणाम ८१८।९४ मा थप ४०।९ ग्राम अतिक्ति परिमाणको प्रतिकेजी १०८।५ का दरले ४ हजार ४ सय ३७ रुपैयाँ भुक्तानी गरेको भन्दै असुल्नुपर्ने उल्लेख छ ।

औषधि खरिदमा मनपर्दी

महालेखा परीक्षकको कार्यालयले रोल्पा नगरपालिकाले औषधि खरिदमा समेत मनपर्दी गरेको औंल्याएको छ । औषधी खरिद गर्दा १८ लाख रुपैयाँ भन्दा बढी रकमको औषधि नियम विपरित खरिद गरेको देखिएको छ ।

२० लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादनकले राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सक्ने व्यवस्था छ ।

तर रोल्पा नगरपालिकाले प्रक्रिया नपुराइ १८ लाख ६१ हजार १ सय ६९ रुपैयाँको औषधि सोझै खरिद गरेको देखिएको छ ।

नगरपालिकाले खरिद गरेका उक्त औषधि कुन कम्पनीकोबाट उत्पादन भएको हो भन्ने सम्मेत उल्लेख गर्न सकेको छैन भने सोको मुल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन समेत भएको छैन । यस्तै आपूर्ति हुने औषधि डब्लु.एच.ओ.प्रमाणिकरण हुनुपर्ने, औषधिको उत्पादन मिति, ब्याच नं. र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई राख्ने नगरेको र उक्त औषधि बिक्रीका लागि होइन भनेर खुलाएको प्रमाण समावेश नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

आपूर्ति भएको औषधि एवं सर्जिकल सामान स्टोर दाखिला हुनुअघि स्पेसिफिकेसन अनुसार भए नभएको खुलाएकाले गुणस्तर र म्याद सम्बन्धनमा एकीन गर्न नसकिएको महालेखाले भनेको छ । महालेखा प्रतिवेदनमा‘ औषधिको जिन्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र जिल्लाबाट हस्तान्तरण भइ आएको खुल्ने गरी व्यवस्थित रुपमा आम्दानी बाँड्ने नगरेको र औषधिको खर्च घटाउँदा माग फारमको आधारमा घटाउनुपर्ने एकमुष्ट घटाउने गरेको उल्लेख छ।

खाना र विविध खर्च मात्रै २० लाख रुपैयाँ भन्दा बढी

नगरपालिकाले खाना र विविधको नाममा २० लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । महालेखाको प्रतिवेदनमा भनिएको छ,“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बामोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ तर पालिकाले यस वर्ष खाना तथा विविध तर्फ मात्र रु.२०,७६,५४३ रुपैयाँ खर्च गरेको   छ ।”

 



प्रतिक्रिया दिनुहोस !