२२ मंसिर २०८२, सोमबार

रोल्पा कांग्रेस कोषाध्यक्ष बलात्कारको आरोपमा पक्राउ,म्याद थप गरेर अनुसन्धान सुरु

प्रकाशित मिति :  3 September, 2021 2:30 pm


रोल्पा । नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

स्थानीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कोषध्यक्ष खड्कबहादुर खत्री भदौ ८ गते नै पक्राउ परेपनि ढिलो मात्रै जानकारी बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेश सुवेदीले स्थानीय ४३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा खत्रीलाई यही भदौ ८ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रहरीले खत्रीलाई जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

पीडित महिलाको उजुरीपछि कोषाध्यक्ष खत्री पक्राउ गरिएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !