२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा देशभर १७५६ जना संक्रमित थपिए भने २३ जनाको मृत्यु

प्रकाशित मिति :  3 September, 2021 5:41 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७५६ जना कोरोना संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म २ हजार २७४ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको मन्त्रालयले भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !