अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु
प्रकाशित मिति : 4 September, 2021 8:21 am
रुपन्देही । अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना भएको हो । काठमाडौबाट अर्घाखाँची जाँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा परी २ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
चालक सहचालक सहित १३ जना यात्रु रहेकोमा गम्भीर घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल पठाईएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।








