६ जेष्ठ २०८१, आइतबार

घलेकाे अध्यक्षतामा फ्लोरकिल्चर एशोसएिस चितवन जिल्ला समिति, ९३ वर्षीय उद्यमीसहित पाँच सम्मानित

प्रकाशित मिति :  4 September, 2021 4:14 pm


नवनिर्वाचित चितवन जिल्ला कार्यसमिति । तस्वीरः कुमार कसजु श्रेष्ठ

काठमाडौं ।

फ्लोरिकल्चर एशोसियसन नेपालले चितवन जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।

सनिबार सम्पन्न समितिको तेस्रो साधारणसभा तथा अधिवेसनले पुष्प उद्यमी अमर घलेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा तेजेन्द्र सापकोटा, सचिवमा दिपेन्द्र वास्तोला र कोषाध्यक्ष शुलभ श्रेष्ठ चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा जिवनाथ तिमिल्सीना, रिता गुरुङ, श्याम राज थापा, रेखा आचार्य, शौरभ घिमिरे, शुेर ढकाल र सुुमित्र ढकाल रहेका छन् ।

९३ वर्षीय उद्यमीसहित पाँच सम्मानित

साधारणसभाको अवसरमा पुष्प क्षेत्रमा योगदान गर्ने पाँच उद्यमीलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा ९३ वर्षीय पुष्प व्यवसायी पुण्य प्रसाद तिमिल्सीना, ८३ भविलाल घिमिरे, ७० इश्वर पिया, ६९ वर्षीय खुशीराम गुरुङ र ६५ वर्षीय दीपक गुरुङ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !