रोल्पा रुन्टीगढीका इन्द्रकमल बुढामगर अटोमेटिक पेस्तोल सहित दाङमा पक्राउ
दाङ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ सखी घर भइ दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ बडहरा बस्ने इन्द्रकमल बुढामगर पेस्तोलसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बुढामगरको घरबाटै पेस्तोलसहित उनलाई पक्राउ गरेको हो ।
हिजो पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालय दाङले आज सार्वजनिक गरेको हो । उनले हातहतियार बोकी सर्वसाधरणहरुलाई त्रसित पार्दै आएको प्रहरीको आरोप छ ।
घर खानतलासी गर्दा घरमै राखिएको रा ५ प ८७६२ नम्बरको स्कुटी मुनि रातो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा एक राउण्ड गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा कालो रङको अटोमेटिक पेस्तोल थान १ फेला परेको प्रहरीको भनाई छ । उनलाई हातहतियार खरखजाना ऐन अन्तर्गत अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बुढामगर बिगतमा साने घर्तीलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भीर घाईते बनाएको घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग कसुरमा २ बर्ष ६ महिना कैद सजाय भुक्तान गरिसकेका छन् ।








