२२ मंसिर २०८२, सोमबार

देशका केही ठाउँमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  5 September, 2021 8:33 am


काठमाडौं । देशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !