२० बैशाख २०८१, बिहिबार

नेप्सेमा पहिरो : कारोबार सुरु भएको सवा घण्टामै १२७ अंकले घट्यो

प्रकाशित मिति :  5 September, 2021 12:37 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पहिरो गएको छ । साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा २ अंकले बढेको बजार कारोबार सुरु भएको एक घण्टामै १ सय २७ अंकले घटेर २७९९.३३ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये सबै उपसमुह राताम्ये भएका छन् ।

यो समाचार तयार पार्दासम्म २१५ ओटा कम्पनीको १ करोड १८ लाख ४हजार ४ सय ८९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ९२ लाख ५४ हजार ४ सय ९९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !