२२ मंसिर २०८२, सोमबार

संखुवासभामा एकै घरका ६ जनाको हत्या

प्रकाशित मिति :  6 September, 2021 12:38 pm


सांकेतिक फाइल फोटो

संखुवासभा । संखुवासभामा एकै घरका ६ जनाको हत्या भएको छ ।

मादी नगरपालिका–१, खोलाका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्कीको हतया भएको छ ।

उनीहरुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको डिएसपी सुवेदीले जानकारी दिए । घटनाबारे जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख सुवेदीको टोली घटना स्थल मादी तर्फ लागेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !