२२ मंसिर २०८२, सोमबार

पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक,सर्वोत्कृष्ट निजामती कर्मचारी पाचौं वर्षपनि भेटिएनन्

प्रकाशित मिति :  7 September, 2021 8:10 am


काठमाडौं । सरकारले निजामती कर्मचारी दिवसको अवसरमा उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ ।

गोरखापत्रमा निकालिएको सार्वजनिक सूचना अनुसार कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ ।

‘सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा गरिएको छैन । कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो पाँचौ वर्ष हो ।

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँने गर्दछ । दुई दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि यस वर्षपनि सर्वोत्कृष्ट कर्मचारी सिफारिस गरिएको छैन ।

 



प्रतिक्रिया दिनुहोस !