२२ मंसिर २०८२, सोमबार

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

प्रकाशित मिति :  7 September, 2021 8:23 am


फाइल फोटो

काठमाडौं । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ बजेतिर सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए ।

पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !