यस्तो छ आगामी २४ घण्टाको मौसमी विवरण
काठमाडौं । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सूचना जारी गर्दै पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनान अनुरोध गरेको छ । हाल नेपालमा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको संभावना रहेको छ ।
आज राती देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।








