६ पुस २०८२, आइतबार

एमालेमा समस्या छैन, संसदमा टेबल भएपछि एमसीसीबारे निर्णय गछौं : उपमहासचिव पौडेल

प्रकाशित मिति :  8 September, 2021 11:09 am


रुपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पहिल्यै तयार भएर नबसेको भन्दै संसदमा टेबल भएपछि आफ्नो पार्टीले निर्णय गर्ने बताएका छन् ।

बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमसीसीबारे नेकपा एमालेभित्र समस्या नरहेको भन्दै संसदमा टेबल भएपछि तत्कालन निर्णय गर्ने जानकारी गराएका हुन् ।

उनले भने,“पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,बरु सरकार नै यसबारेमा रंगिबिरंगी छ,हाम्रो पार्टीभित्र समस्या छैन ।”

अर्को प्रसंगमा पौडेलले लुम्बिनी प्रदेशमा एमाले विभाजित नभएको बताए । आफूहरूले विभाजनको प्रयासलाई नाकाम बनाएको दाबी गरे ।
कानुन बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले पौडेलको आरोप थियो ।

उनले हिम्मत भए अध्यादेशलाई निरन्तरता दिन सरकारलाई चुनौती दिए । सरकारले केही हप्तापछि अध्यादेशलाई निस्कृय बनाउने उपमहासचिव पौडेलको दाबी थियो ।

माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेजस्तै भएको पौडेलको टिप्पणी थियो । पार्टी विभाजन गम्भीर अपराध नभएको भन्दै यसलाई इतिहासले माफ नगर्न र विभाजन सिद्धान्त र एजेण्डाका आधारमा भएको होइन, औचित्य पुष्टि हुन नसक्ने दाबी गरे ।

उपमहासचिव पौडेलले सभामुख अग्नीप्रसाद सापकोटाले गलत भूमिका निभएको समेत आरोप लगाए ।

एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको र सभामुखले पदको दुरुपयोग गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !