संघीय संसदमा थपिए २ वटा दल, नेकपा (एकिकृत समाजवादी) सत्तापक्ष र लोसपा प्रतिपक्षको सिटमा
काठमाडौं । संघीय संसदमा २ वटा नयाँ दल थपिएका छन् ।
आजदेखि सुरु हुन लागेको नवौं अधिवेशनको बैठकमा नेकपा (एमाले) र जसपा नेपाल बिभाजित भएपछि थपिएका दुई नयाँ दलले पहिलो पटक प्रवेश पाउन लागेका हुन् ।
नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट बिभाजित भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीले पहिलो पटक संसद बैठकमा भाग लिँदैछन् ।
दुई नयाँ पार्टी थपिएपछि संघीय संसद भवनमा सिट व्यवस्थापनको काम भइसकेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षको कुर्सीमा बस्नेछ भने जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षको कुर्सीमा बस्नेछ ।
संसद सचिवालयमा दुबै पार्टीको माग बमोजिम सिटको व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।








