१७ बैशाख २०८१, सोमबार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

प्रकाशित मिति :  8 September, 2021 3:05 pm


काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । ६ मन्त्री र ४ राज्यमन्त्री थपेर शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । यससँगै बागमती प्रदेश सरकार १२ सदस्यीय भएको छ ।

केशवराज पाण्डेले भौतिक पूर्वाधार विकास मन्त्रालय, रचना खड्काले आर्थिक मामिला तथा योजना मन्त्रालय,विजय सुवेदीले सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेलले  उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्रालय, डा. अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै चन्द्र लामा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री, जीवन खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । सरस्वती बाटी उद्योग,पर्यटन,वन तथा वातावरण राज्य मन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास राज्य मन्त्री र बद्री मैनाली भूमि व्यवस्था,कृषि तथा सहकारी राज्य मन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !