१७ बैशाख २०८१, सोमबार

एमालेद्वारा संसद अवरुद्ध,बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति :  8 September, 2021 4:40 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई प्रवेश दिएको भन्दै एमाले सांसदहरूले रोष्टम घेराउ गरेर बैठक अवरुद्ध गरेका हुन् ।

प्रतिनिधि सभा बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएलगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले एमाले सांसदमाथि गरिएको कारबाही नगरेर पार्टी विभाजनका लागि सभामुख मतियार बनेको आरोप लगाए । यस विषयमा सभामुखले जवाफ दिनुपर्ने उनले माग गरे ।

लगत्तै सभामुखले नियमावली र संविधानमा रहेका व्यवस्था अनुसार नै गरेको बताएका थिए । सभामुख सापकोटाले आसन ग्रहण गर्न पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरूले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !