१६ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रका नेता पुनले भने,‘दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र !’

प्रकाशित मिति :  8 September, 2021 4:52 pm


काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले संसद अवरुद्ध गर्नु कुनै ठूलो कुरा नभएको टिप्पणी गरेका छन् ।

एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले भने,“दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र !”

नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए ।

एमाले लोकतन्त्र र अहिलेको राजनीतिक प्रणाली विरोधी पार्टी भएको भन्दै नेता पुनले संसदीय अभ्यासमा यसरी सभामुखको आलाचना गर्न नपाईने बताए ।

उनले भने,“यसको विषयमा हामी सत्तापक्षीय गठबन्धनको बैठकमा कुरा उठेको छ । हामी कडा रुपमा जान्छौं ।”



प्रतिक्रिया दिनुहोस !