१७ बैशाख २०८१, सोमबार

एमसिसीबारे चर्को विवाद भइरहेका बेला उपाध्यक्ष फातिमा नेपाल आउँदै

प्रकाशित मिति :  9 September, 2021 7:42 am


काठमाडौं । नेपालमा विवाद भइरहेका बेला अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार आज नेपाल आउँदैछिन् ।

राजनीतिक दलभित्र र जनस्तरमा समेत एमसिसीको चर्को विरोध भइरहेका बेला सुमार नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहित नेपाल आउन लागेकी हुन् ।

उपाध्यक्ष सुमारसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम तय भएको छ । सुमारको भ्रमणको पूर्वसन्ध्यामा एससिसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने हिजो मात्रै जवाफ फर्काएको छ ।

नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिएपनि टुंगो लागेको छैन ।



प्रतिक्रिया दिनुहोस !