१६ बैशाख २०८१, आइतबार

देशका धेरै ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  9 September, 2021 7:52 am


काठमाडौं । आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी क्षेत्रमा पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !