१७ बैशाख २०८१, सोमबार

एमसीसी उपाध्यक्ष सुमार काठमाडौं आइपुगिन्

प्रकाशित मिति :  9 September, 2021 10:21 am


काठमाडौं । नेपालमा विवादित बनेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ ।

चार दिने भ्रमणका क्रममा सुमार नेतृत्वको टोली आज काठमाडौं उत्रिएको हो ।

नेपालमा एमसीसीलाई दिएर विवाद चर्किरहेका बेला सुमारको भ्रमणलाई चासोपूर्वक हेरिएको छ । सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । सुमारको भ्रमणसँगै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !