५ जेष्ठ २०८१, शनिबार

रोल्पामा कांग्रेस अधिवेशन, ७२ मध्ये ६६ वडामा सर्वसम्मत

प्रकाशित मिति :  10 September, 2021 8:27 am


उमा केसी

रोल्पा । नेपाली कांग्रेसको सम्पन्न वडा अधिवेशनमा रोल्पाका ७२ मध्ये ६६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सर्वसम्मत हुन नसकेका ६ वटा वडा मध्ये ४ वडामा पनि नेतृत्व चयन भइसकेको छ भने एक वडामा शुक्रबार अधिवेशन गरिने नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह जानकारी दिए ।

रुन्टीगढी गाउँपालिका वडा नं. ८ अधिवेशन हुन सकेको थिएन । सम्पन्न अधिवेशनवाट वडा सभापतिमा जिल्लामा दलित र महिलाको सहभागिता भने न्यून रहेको छ ।

जिल्लामा १ दलित र १ महिला वडा सभापति निर्वाचित भएका छन् । वडाध्यक्ष निर्वाचित हुनेमा सभापतिमा सुनिलस्मृती गाउँपालिका वडा नंं ४ बाट हिरादेवी पुनमगर र सोही गाउँपालिका वडा नं. ७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !