१८ माघ २०८२, आइतबार

यस्तो छ आगामी २४ घण्टाभित्रको मौसम

प्रकाशित मिति :  11 September, 2021 7:48 am


काठमाडौं । हाल देशभर आँशिकदेखि सामान्य वदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !