रोल्पाको माडी खोलामा हाम फालेर एक महिला बेपत्ता
प्रकाशित मिति : 11 September, 2021 7:58 am
उमा केसी
रोल्पा । रोल्पामा एक महिलाले माडी खोलामा हाम फालेर बेपत्ता भएकी छिन् ।
रोल्पा नगरपालिका वडा नंम्वर २ पाछावाङ निवासी वर्ष ३८ की मन कुमारी वली माडी खोलामा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदीले जानकारी दिए ।
रोल्पा नगरपालीका सिमलबाङ माइतबाट घर तिर फर्कने क्रममा माडीखोलाको सबदहन नजिकैबाट माडी खोलामा हाम फालेको प्रहरी प्रमुख सुवेदीले बताए । हिजो दिउँसो १२.३० बजे माडी खोलामा एक महिला बगी रहेको देखेको स्थानीयले बताएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीय लगायतका टोलीले खोजी वलीको खोजी कार्य गरिरहेको प्रहरीले बताएको छ । रोल्पाको खुग्री,गोगनपानी लगायतका स्थानबाट थप प्रहरी परिचालन गरि खोजी कार्य भैरहेको प्रहरी प्रमुख डिएसपी सुवेदीले बताए ।








